उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मेलनमा सहभागी | Khabarhub Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मेलनमा सहभागी


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् । चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले आज यहाँ आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन सत्रमा नेपाल सरकारका तर्फबाट सहभागिता जनाएका हुन् ।

राजधानी बेइजिङमा आयोजित सो समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले मुख्य सम्बोधन गरे। सम्मलेनलाई सम्बोधन गर्दै राष्ट्रपति सी ले १० वर्षयता ‘बेल्ट एन्ड रोड’अन्तर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको उल्लेख गरे । 

राष्ट्रपति सीलगायत विभिन्न मुलुकका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले उद्घाटन सम्बोधन गरेको यस सम्मेलनमा सहभागी हुने आउने एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिलाई चीनले स्वागत गरेको बताइएको छ । 

सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठसँगै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठसमेत सहभागी रहेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले आजै आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १२ : १२ बजे

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त