तुलसीपुरमा औद्योगिक ग्राम निर्माण अलपत्र « Khabarhub

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण अलपत्र


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले केही समयअघि औद्योगिक ग्राम निर्माणका लागि जग्गा तयारी अवस्थामा राखेको छ । जग्गा अतिक्रमण तथा किनबेच गरेकाहरुबाट समेत उपमहानगरपालिकाले जग्गा फिर्ता ल्याए पनि अहिले त्यो जग्गा अलपत्र अवस्थामा छ । 

वडा नं १६ मा पर्ने ग्वारखोला किनारमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिका बैठकले निर्णयसमेत गरेको थियो । अघिल्लो सरकारले औद्योगिक ग्रामका लागि सोही स्थान छनोट गरे पनि अझै काम अघि बढ्न सकेको छैन ।

 साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सोही स्थानमा औद्योगिक ग्राम बनाउने गरी सोच अगाडि बढाइएको भए पनि त्यो कार्य अघि नबढेको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताएका छन् । 

‘ग्वारखोलाको निकास क्षेत्र जुन पहिले बगरका रुपमा थियो, त्यसलाई तटबन्ध गरेर निकास भएको जग्गा औद्योगिक ग्राम बनाउने कुरा भएको हो’, उनले भने, ‘औद्योगिक ग्रामकै लागि जग्गा ओगटेर बसेकाहरूबाट पनि जग्गा फिर्ता ल्याइयो, अब काम अघि बढ्छ ।’  

पछिल्लो समय आर्थिक सङ्कटले गर्दा पनि उद्योगको काम अघि बढ्न नसकेको हो । त्यसका लागि कार्यविधि निर्माण गर्ने गरी तयारी गरिएको प्रवक्ता वलीले बताए । ‘कार्यविधि बनाएर उद्योग खोल्न चाहनेलाई जग्गा भाडामा दिने गरी तयारी गरिएको छ’, उनले भने । त्यहाँको एक सय बिघा जग्गा औद्योगिक क्षेत्रका लागि छुट्याइएको छ । त्यहाँ फोहर व्यवस्थापन, खेलकुद मैदान, ढल व्यवस्थापनका लागि डिपिआर तयार भइसकेको छ । 

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले भने अझै पनि पक्का तटबन्ध निर्माण नभएको बताए । साथै त्यहाँको जग्गा अतिक्रमण गर्नेहरूले पनि छाड्न नमानेको उनको भनाइ छ । साथै त्यहाँ विद्युत् विस्तार पनि भएको छैन । 

औद्योगिक ग्राम स्थापना भएमा युवाहरूलाई स्वरोजगार गर्न सकिने युवा वीरबल खड्काले बताए । ‘अहिले महँङ्गो भाडा तिर्न सक्ने अवस्था छैन’, उनले भने, ‘त्यसैले औद्योगिक क्षेत्र निर्माण भएमा थोरै भाडा तिरे पनि हुने व्यवस्था गर्न सके युवाहरूलाई स्वरोजगार बनाउन सहज हुन्थ्यो ।’

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : १७ बजे

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको