पहिलो त्रैमासमा राजस्व संकलन १५ र बजेट खर्च १६ प्रतिशत « Khabarhub

पहिलो त्रैमासमा राजस्व संकलन १५ र बजेट खर्च १६ प्रतिशत


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा सरकारको राजस्व संकलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ । 

चालु आवका लागि सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा रू दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो । 

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिन्छ । चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा रू दुई खर्ब १३ अर्ब ३९ करोड बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब दुई अर्ब सात करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म रू १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा रू ४९ अर्ब ३४ लाख ९० हजार बराबर खर्च भएको छ ।

हालसम्मको सरकारी राजस्व संकलन हेर्दा रू दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि रू १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा संकलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् रू एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ ददशमलव ७९ प्रतिशत अर्थात् रू १९ अर्ब ६५ करोड ३० लाख बराबर रहेको छ । चालु आवका लागि रू ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् रू ६ करोड १८ लाख बराबर अनुदान लिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : ३६ बजे

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया

उम्मेदवारी दर्ता हुँदै गर्दा गगनविरुद्ध देउवाको रिटमा सर्वोच्चले सुनुवाइ अघि बढायो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध