हुम्लामा बेलिब्रिज जोड्ने क्रममा चिप्लिएर कामदारको मृत्यु | Khabarhub Khabarhub

हुम्लामा बेलिब्रिज जोड्ने क्रममा चिप्लिएर कामदारको मृत्यु


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

हुम्ला-बेलिब्रिज जोड्ने क्रममा चिप्लिएर एक जना कामदारको मृत्यु भएको छ । हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलिब्रिजमा नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा जिल्ला कोलबी नगरपालिका ६ सनबार गाउँ घर भएका २० वर्षीय सुरेश चौधरी घाइते भएका थिए ।

उनलाई उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए ।

नटबोल्ड कसिरहेको बेला पुलको ड्यामबाट चिप्लिएर टाउको र ढाडमा चोट लागेका चौधरीलाई स्थानीयले उद्धार गरी सरिसल्लामा भएको हिमाल हेल्थ पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी अस्पताल बाजुरा रिफर गरिएको थियो ।

हुम्ला सदरमुकाम सिमकोट जोड्ने कर्णाली कोरिडोर सडकअन्तर्गत सर्केगाड र चंखेली गाउँपालिकाको सरिसल्लामा तत्कालका लागि बेलिब्रिज जडान गरी आगामी फागुन महिनाभित्र सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ पुल जडानको काम द्रुतगतिमा भइरहेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ५५ बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग