खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री साउदलाई « Khabarhub

खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री साउदलाई


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– त्रिचालीस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन् । 

‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो ।’ भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए ।  

भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए।

 गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।  

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १२ : ४१ बजे

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि

‘नगर गान’का लागि रचना पठाउन हेटौँडा उपमहानगरको आह्वान

मकवानपुर– हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा