विश्वकप फाइनल : दुबैलाई बदलाको अवसर « Khabarhub

विश्वकप फाइनल : दुबैलाई बदलाको अवसर


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी विश्वकपको फाइनलमा भोलि भारत र अस्ट्रेलिया खेल्दैछन् । भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने रहको छ ।

प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ । सन् २०११ महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक विश्वकपमा उठाएको भारतले त्यसयता फाइनलमा स्थान बनाउन सकेको थिएन । २०१५ उपाधि जितेको अस्ट्रेलियाको पनि त्यसयता यो पहिलो फाइनल हो ।

साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा भेट हुँदैछन् । भारतीय टिमलाई त्यसबेलाको हारको बदला लिन यो उपयुक्त अवसर हुन सक्छ, त्यो पनि लाखौं घरेलु दर्शकलाई साक्षी बनाएर ।

दुई टोलीको फाइनल यात्रा

अस्ट्रेलियाले अहिलेसम्म सात फाइनल खेलेको छ । जसमा पाँच पटक उपाधि जित्न सफल भयो भने दुई पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो । सबैभन्दा बढी फाइनल खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने टोली पनि अस्ट्रेलिया नै हो ।

त्यस्तै, तीन पटक फाइनल खेलेको भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो । २००३ मा भारतले फाइनलमा १२५ रनको लज्जास्पद हार व्यहोरेको थियो । घरेलु टोलीको स्लोगन ‘तीनका ड्रिम’ पूरा गरेर पुरानो बदला चुक्ता हुने आशामा घरेलु टोलीका समर्थक आशावादी छन् ।

यस्तो अवस्थामा छन् दुई टोली 

भारतले जारी विश्वकपमा सबै खेल जितेर फाइनलमा पुगेको हो । भारतीय खेलाडीहरु उच्च फर्म रहेका छन् । भारतले समूह चरणका नौ खेल जित्दै सेमिफाइन यात्रा तय गरेको थियो । सेमिफाइनलमा पनि भारतले आफ्नो उच्च लय जारी राख्दा न्यूजिल्याण्डलाई सहजै पराजित गरेको थियो ।

समूह चरणको दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हार व्यहोरको अस्ट्रेलियाले त्यस यताका आठ खेलमा लगातार जित निकालेर फाइनलमा पुगेको हो । समूह चरणमा दक्षिण अफ्रिकासँग हारेको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लियो । समूह चरणको पहिलो खेलमा भारतसँगको ६ विकेट हारको बदला लिन अस्ट्रेलियाको लागि फाइनलमा अवसर हुनेछ ।

हेड टू हेड

समग्रमा अस्ट्रेलियासँग भारतको भेट सुखद छैन । १५० वटा भेटमा भारतले अस्ट्रेलियासँग ८३ खेलमा हार व्यहारेको छ । यो भन्दाअघि यी दुई टोलीको विश्वकपमा १३ पटक भेट भएको छ । ती भेटमा भारत आठ पटक पराजित भएको छ भने अस्ट्रेलिया पाँच पटक पराजित भएको छ । तर यस वर्ष भएको सात खेल मध्ये चार खेल भारतले जितेको छ ।

फाइनलमा मौसम बाधक बन्छ ?

कात्तिक दोस्रो सातासम्म भारतमा वायु प्रदूषणका कारण विश्वकपको खेल प्रभावित हुनसक्ने अनुमान गरिएको थियो । दिपावलीका कारण पटकाको धुवाले बढेर झन् प्रदूषण बढ्ने भन्दै भारतमा सावधानीसमेत अपनाइएको थियो । आइतबार अहमदवादको मौसम अधिकतम ३२ डिग्री सेल्सियस र मौसम सफा रहने भारत मौसम विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  २ : ५४ बजे

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

विवरण अद्यावधिक नगरे फार्मासिस्टले सिफारिस पत्र नपाउने

काठमाडौं– नेपाल फार्मेसी परिषद् (एनपीसी) ले दर्तावाला फार्मासिस्ट तथा फार्मेसी