विश्वकप फाइनल : दुबैलाई बदलाको अवसर « Khabarhub

विश्वकप फाइनल : दुबैलाई बदलाको अवसर


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी विश्वकपको फाइनलमा भोलि भारत र अस्ट्रेलिया खेल्दैछन् । भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने रहको छ ।

प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ । सन् २०११ महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक विश्वकपमा उठाएको भारतले त्यसयता फाइनलमा स्थान बनाउन सकेको थिएन । २०१५ उपाधि जितेको अस्ट्रेलियाको पनि त्यसयता यो पहिलो फाइनल हो ।

साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा भेट हुँदैछन् । भारतीय टिमलाई त्यसबेलाको हारको बदला लिन यो उपयुक्त अवसर हुन सक्छ, त्यो पनि लाखौं घरेलु दर्शकलाई साक्षी बनाएर ।

दुई टोलीको फाइनल यात्रा

अस्ट्रेलियाले अहिलेसम्म सात फाइनल खेलेको छ । जसमा पाँच पटक उपाधि जित्न सफल भयो भने दुई पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो । सबैभन्दा बढी फाइनल खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने टोली पनि अस्ट्रेलिया नै हो ।

त्यस्तै, तीन पटक फाइनल खेलेको भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो । २००३ मा भारतले फाइनलमा १२५ रनको लज्जास्पद हार व्यहोरेको थियो । घरेलु टोलीको स्लोगन ‘तीनका ड्रिम’ पूरा गरेर पुरानो बदला चुक्ता हुने आशामा घरेलु टोलीका समर्थक आशावादी छन् ।

यस्तो अवस्थामा छन् दुई टोली 

भारतले जारी विश्वकपमा सबै खेल जितेर फाइनलमा पुगेको हो । भारतीय खेलाडीहरु उच्च फर्म रहेका छन् । भारतले समूह चरणका नौ खेल जित्दै सेमिफाइन यात्रा तय गरेको थियो । सेमिफाइनलमा पनि भारतले आफ्नो उच्च लय जारी राख्दा न्यूजिल्याण्डलाई सहजै पराजित गरेको थियो ।

समूह चरणको दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हार व्यहोरको अस्ट्रेलियाले त्यस यताका आठ खेलमा लगातार जित निकालेर फाइनलमा पुगेको हो । समूह चरणमा दक्षिण अफ्रिकासँग हारेको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लियो । समूह चरणको पहिलो खेलमा भारतसँगको ६ विकेट हारको बदला लिन अस्ट्रेलियाको लागि फाइनलमा अवसर हुनेछ ।

हेड टू हेड

समग्रमा अस्ट्रेलियासँग भारतको भेट सुखद छैन । १५० वटा भेटमा भारतले अस्ट्रेलियासँग ८३ खेलमा हार व्यहारेको छ । यो भन्दाअघि यी दुई टोलीको विश्वकपमा १३ पटक भेट भएको छ । ती भेटमा भारत आठ पटक पराजित भएको छ भने अस्ट्रेलिया पाँच पटक पराजित भएको छ । तर यस वर्ष भएको सात खेल मध्ये चार खेल भारतले जितेको छ ।

फाइनलमा मौसम बाधक बन्छ ?

कात्तिक दोस्रो सातासम्म भारतमा वायु प्रदूषणका कारण विश्वकपको खेल प्रभावित हुनसक्ने अनुमान गरिएको थियो । दिपावलीका कारण पटकाको धुवाले बढेर झन् प्रदूषण बढ्ने भन्दै भारतमा सावधानीसमेत अपनाइएको थियो । आइतबार अहमदवादको मौसम अधिकतम ३२ डिग्री सेल्सियस र मौसम सफा रहने भारत मौसम विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  २ : ५४ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व