‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन’ « Khabarhub

‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन’


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन ।

‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो, सङ्ख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसके तापनी जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ’ थापाले भनेका छन्, ‘यही अधिकारको कारण राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्।’ 

अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी र गौरवको अनुभूति भएको पनि थापाले जनाएका छन् ।  ‘राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ,’ उनले भनेका छन्, विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटि भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ।’ 

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थ पूर्ति गर्ने माध्यम बनाउन नहुने थापाको भनाई छ । ‘यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पुरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन, राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको अभियान कुनै दल व बिचारको विरुद्ध केन्द्रित हुनु हुँदैन,’ उनले भनेका छन्, ‘प्रजातन्त्र वा दलहरूको विकल्प राजसंस्था होइन। सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ।’ 

उनको तर्क छ, ‘राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनु पर्दछ।’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ३ : १२ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर