अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : माधव नेपाल | Khabarhub Khabarhub

अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : माधव नेपाल


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।

व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले भने, ‘संविधान र गणतन्त्रका पक्षमा हामी जनतामाँझ जान्छौँ, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।’ 

आफ्नो चीन भ्रमणको जानकारी दिँदै अध्यक्ष नेपालले चीन सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति उपलब्ध गराएको सहयोग प्राप्त गर्नमा आफ्नो पार्टीको भूमिका रहेको दाबी गरे ।

चीन सरकारले अगाडि सारेको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (विआरआइ) को प्रशंसा गर्दै अध्यक्ष नेपालले त्यसमा नेपालको सहभागिताका निम्ति कुनै हिच्किचाहट हुनुपर्ने कारण नभएको बताउँदै उनले भने, ‘कतिपयले नेपाल विआरआइमा सहभागी नहोस् भन्ने चाहेका छन्, तर म अनुरोध गर्न चाहन्छु हामीलाई जसले सहयोग गर्न चाहन्छ, त्यस्तो सहयोग लिन तयार हुनुपर्छ ।’

अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानमा अलिकति पनि आँच नआउने गरी कुनै पनि देशले गर्ने सहयोग स्वीकार्नुपर्ने बताए। उनले भने, ‘पारस्परिक हितका आधारमा सहयोग लिनुपर्छ ।’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ४ : १७ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।