अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : माधव नेपाल « Khabarhub

अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : माधव नेपाल


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।

व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले भने, ‘संविधान र गणतन्त्रका पक्षमा हामी जनतामाँझ जान्छौँ, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।’ 

आफ्नो चीन भ्रमणको जानकारी दिँदै अध्यक्ष नेपालले चीन सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति उपलब्ध गराएको सहयोग प्राप्त गर्नमा आफ्नो पार्टीको भूमिका रहेको दाबी गरे ।

चीन सरकारले अगाडि सारेको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (विआरआइ) को प्रशंसा गर्दै अध्यक्ष नेपालले त्यसमा नेपालको सहभागिताका निम्ति कुनै हिच्किचाहट हुनुपर्ने कारण नभएको बताउँदै उनले भने, ‘कतिपयले नेपाल विआरआइमा सहभागी नहोस् भन्ने चाहेका छन्, तर म अनुरोध गर्न चाहन्छु हामीलाई जसले सहयोग गर्न चाहन्छ, त्यस्तो सहयोग लिन तयार हुनुपर्छ ।’

अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानमा अलिकति पनि आँच नआउने गरी कुनै पनि देशले गर्ने सहयोग स्वीकार्नुपर्ने बताए। उनले भने, ‘पारस्परिक हितका आधारमा सहयोग लिनुपर्छ ।’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ४ : १७ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन