राष्ट्रपतिमाथि ओलीको आरोप : कांग्रेस बनेर जाजरकोट जानुभो ! « Khabarhub

राष्ट्रपतिमाथि ओलीको आरोप : कांग्रेस बनेर जाजरकोट जानुभो !


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्माले ओलीले जाजरकोट भूकम्पपीडितको उद्धार र राहत वितरणको सवालमा सरकारमाथि प्रश्न उठाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको समेत सार्वजनिक रुपमा आलोचना गरेका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार जनसंगठन समन्वय संयन्त्रद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए । 

राष्ट्रपति पौडेल जाजरकोटमा कांग्रेस बनेर गएको ओलीले आरोप लगाए । प्रधानमन्त्री,  राष्ट्रपति र माओवादी नेताहरूको अनावश्यक अनुगमनले सेना तथा प्रहरी सुरक्षामा खट्दा उद्धार कार्य प्रभावित भएको उनको तर्क छ । 

माओवादी नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेकाले राष्ट्रपति पनि कांग्रेसको उपस्थिति जनाउन पुगेको आरोप लगाउँदै ओलीले भने, ‘उहाँ राष्ट्रपति बनेर जानुभएन, कांग्रेस छुट्यो भनेर जानुभयो ।’

ओलीले राष्ट्रपतिमाथि थप आरोप लगाउँदै भने, ‘उहाँको निष्पक्षताको त कुरै नगरौं। उहाँको सम्बन्धमा थुप्रै कुराहरू आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलाप देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन ।’

ओलीले २०८९ को उपनिर्वाचनमा कांग्रेसलाई भोट मागेर राष्ट्रपतिले आफ्नो पदीय मर्यादा बाहिरको गतिविधि गरेको दाबी गरे । त्यस्तै प्रधानमन्त्री दाहाल राहत र पुनर्स्थापनामा केन्द्रित नभएको भन्दै उनले पदीय जिम्मेवारी पूरा गर्न नसकेको बताए । माओवादी नेताहरू सरकारी खर्चमा हेलिकोप्टरमा  जाजरकोट गएको उपलब्धि नदेखिएको दाबी गर्दै ओलीले आक्रोश पोखे । 

साथै उनले आममाफी लगायतका घटनामा सरकारको शीर्ष तहबाटै संविधानविरोधी कार्य भइरहेको आरोपसमेत लगाए । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ३९ बजे

भीरबाट लडेर किशोरको मृत्यु

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर

युद्धविराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कयौँ सर्वसाधारण घाइते

बेरुत– अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्ध रोक्ने सहमति भएको

जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक

काठमाडौं– काठमाडौंमा आयोजित एक विशेष समारोहबीच जगदम्बा मोटर्सले नेपालमा टीभीएस

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान

टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं- सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारी