‘पक्षघातका बिरामी समयमै उपचार गर्न आउँदैनन्’ « Khabarhub

‘पक्षघातका बिरामी समयमै उपचार गर्न आउँदैनन्’


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर अस्पतालबाट झण्डै १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए । पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनु पर्‍याे । ती बिरामी मात्रै होइन, अरु धेरै पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचार नै नगरी बस्ने गरेका छन् ।

कतिपय त्यस्ता बिरामी छुट हुने अस्पताल थाहा नपाउँदा महँगा अस्पतालमा उपचार गर्न बाध्य छन् । स्पाइनल उपचारमा विज्ञता हासिल गरेका भरतपुर अस्पतालका प्रा डा कृष्णप्रसाद पौडेल अस्पतालमा एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा बिरामी समयमा नआउने गरेको बताए ।

उनले भने, ‘सामान्य अवस्थाका पक्षघातका बिरामीलाई एक लाखले सबै खर्च पुग्ने गर्दछ ।’ धेरै सामग्री प्रयोग गर्नुपर्ने बिरामीलाई रकम थप लाग्ने भए पनि सामान्य अवस्थामा सबैलाई यही खर्चले धान्ने गर्दछ । प्रा डा पौडेलले भने, ‘पक्षघात भएर कोही पनि घर नबसोस् भन्नका लागि यो सन्देश प्रवाह गर्नु आवश्यक छ ।’

भरतपुर अस्पतालमा २०६९ सालदेखि नै छुट्टै युनिट बनाएर पक्षघातको उपचार हुँदै आएको छ । अहिलेसम्म ३७ जिल्लाबाट आएर यस अस्पतालको स्पाइनल इन्जुरी युनिटबाट उपचार गराइसकेको प्रा डा पौडेलले जानकारी दिए ।

अस्पतालमा २० शय्या पक्षघातका लागि छुट्याइएको छ । रोटरीको सहयोगमा नयाँ भवन बन्दैछ । भवन सम्पन्न हुँदै गर्दा ५० शय्याको पक्षघात युनिट हुनेछ । अहिले अस्पतालमा सातामा कम्तीमा एउटा शल्यक्रिया गर्ने गरिएको छ । कुनै हप्ता दुई वटासम्म शल्यक्रिया गर्ने गरिएको उनको भनाइ छ ।

सबै अस्पतालमा पुनःस्थापना केन्द्र नहुने भएकाले बिरामीको रोजाइ भरतपुर अस्पताल पर्ने गर्दछ । प्रा डा पौडेलले भने, ‘भरतपुर अस्पतालमै यसको पूर्णरुपमा उपचार गर्न सक्छौँ । राज्यले पनि पक्षघात (स्पाइनल कर्ड इन्जुरी) लाई कडा रोगको सूचीमा राखेर एक लाखसम्मको उपचार निःशुल्क दिएको छ ।’

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : ५४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को