दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सोल- सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको त्यहाँको तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ ।

यो एक वर्षअघिको तुलनामा ९ दशमलव ९ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङ्क सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो । दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको सङ्ख्या यस वर्ष ३ दशमलव ६ प्रतिशतले बढेर १ लाख ३५ हजार पुगेको छ ।

यसैगरी, भियतनामी नागरिकको सङ्ख्या १९ दशमलव १ प्रतिशतले बढेर २ लाख १ हजार पुगेको छ । पाँच वर्षदेखि दक्षिण कोरियामा १५ वर्ष वा सोभन्दा माथिका अङ्गीकृत नागरिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २०२३ मा २ दशमलव ५ प्रतिशतले घटेर ५१ हजारमा पुगेको छ ।

रोजगारी भएका विदेशी बासिन्दाको सङ्ख्या नौ दशमलव पाँच प्रतिशतले बढेर सन् २०२३ मा ९ लाख २३ हजार पुगेको छ । चालु वर्षमा अङ्गीकृत व्यक्तिको रोजगारीको सङ्ख्या शून्य दशमलव ६ प्रतिशतले बढेर ३४ हजार पुगेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : १४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास