इरानी तेल पूर्वाधारमा ‘साइबर हमला’ « Khabarhub

इरानी तेल पूर्वाधारमा ‘साइबर हमला’


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले इजरायल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको बताएको छ । सोमबार साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेसनमा इन्धन वितरण अवरुद्ध भएको इरानी पक्षको भनाइ छ । इरानका तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भने, “देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ ।” उनले उक्त हमलाका लागि बाहिरी शक्तिलाई दोष दिँदै भने, “यहुदीवादी सत्ता (इजरायल) र अमेरिकाले अन्य मोर्चामा झट्का लागेपछि समस्या सिर्जना गर्न खोजे ।”

यसअघि उपतेलमन्त्री जलिल सलारीले इरानी जनताले अनुदानमा पेट्रोल खरिद गर्न प्रयोग गर्ने कार्डमा केही समस्या रहेको बताएका थिए । प्रमुख तेल उत्पादक इरानले सस्तो मूल्यमा पेट्रोल उत्पादन गर्छ ।

यहाँ एउटा कार्डले इरानीहरूलाई १५ हजार रियाल (करिब तीन अमेरिकी सेन्ट) प्रतिलिटर सहुलियत दरमा प्रतिमहिना ६० लिटरसम्म खरिद गर्न अनुमति दिन्छ । उपतेलमन्त्री सलारीका अनुसार प्रणाली असफल भएपछि पेट्रोल स्टेसनहरूले ‘अनलाइन प्रणालीलाई विच्छेद गरेका छन्’ र इन्धनको अफलाइन आपूर्ति भइरहेको छ ।

एएफपीका संवाददाताका अनुसार सोमबारको अवरोधका कारण तेहरानमा केही स्टेसनबाहिर कारहरूको लामो लाइन लागेको छ र अन्य पूर्ण रूपमा बन्द गरिएको छ । इरानका राष्ट्रपति इब्राहिम राइसीले अनुसन्धान गर्न आदेश दिँदै सङ्कट समधानका लागि ‘तत्काल उपाय’ अपनाउन आग्रह गरेका छन् ।

अधिकारीहरूले ‘सङ्कट समिति’ गठन गरेका छन् र मन्त्री सलारीले प्रणाली केही घन्टाभित्र ठिक हुनसक्ने अपेक्षा व्यक्त गरेका छन् । सन् २०२१ अक्टोबरमा इरानले यस्तै प्रकारको एक साता लामो अवरोधको सामना गर्नुपरेको थियो । त्यसका लागि अधिकारीहरूले बाहिरी तत्वहरूले गरेको अभूतपूर्व साइबर हमलालाई दोष दिएका थिए ।

अनुदान प्रणालीमा सुधार र ठूलो मात्रामा तस्करीमाथि नियन्त्रण गर्ने उद्देश्यले इरानमा पहिलो पटक सन् २००७ मा इन्धन कार्ड लागू गरिएको थियो । इरानको अर्थतन्त्र आन्तरिक अव्यवस्थापन र बाहिरी दबाबका कारण थला परेको छ । सन् २०१८ मा अमेरिका ऐतिहासिक आणविक सम्झौताबाट फिर्ता भएको थियो र केही वर्षका लागि हटाइएको प्रतिबन्धलाई उसले पुनः लागू गरेको छ ।

इरानी सरकारले उसको कट्टर दुश्मन इजरायलमाथि उसको आणविक कार्यक्रमलाई लक्षित गरी आक्रमण र हत्या गरेको आरोप लगाएको छ । अमेरिका र इजरायलले इरानमाथि यस क्षेत्रमा मित्र देशहरूको सेना र जहाजविरुद्ध हमला गराएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ३२ बजे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको