अमेरिकी राष्ट्रपति बाइडेनको सवारी दुर्घटनामा परेपछि… « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनको सवारी दुर्घटनामा परेपछि…


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति जो बाइडेनको सवारी दुर्घटनामा परेको छ । डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेनको सवारी दुर्घटनामा परेको हो ।

राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडीलाई तीव्र गतिमा आइरहेको सेडान कारले ठक्कर दिएको थियो । ठक्कर खाएको गाडीमा भने राष्ट्रपति सवार थिएनन् ।

उनी दुर्घटनास्थलबाट ४० मिटरको दूरीमा रहेको जनाइएको छ । दुर्घटनापछि राष्ट्रपतिलाई सुरक्षाकर्मीले हतारहतार अर्को गाडीमा हुलेका थिए ।

राष्ट्रपतिको सवारी दुर्घटनामा पर्नुको कारणबारे अझै स्पष्ट हुन नसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनापछि राष्ट्रपति र प्रथम महिला सुरक्षित रहेको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : १९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल