राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : देउवा « Khabarhub

राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : देउवा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।

‘अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,’ उनले भने, ‘निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छौँ ।’

कांग्रेस सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाए । ‘कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,’ उनले भने, ‘पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एकढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ०० बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल