हरर फिल्ममा अभिनय गर्दै काजोल | Khabarhub Khabarhub

हरर फिल्ममा अभिनय गर्दै काजोल


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बलिउड अभिनेत्री काजोलको यो वर्ष २ फिल्म आयो । एक ‘लस्ट स्टोरीज २’ र अर्को ‘द ट्रायल’ ।

आउँदो वर्षपछि काजोलको दुई फिल्म रिलिज हुँदैछ । यसैबीच चर्चा छ काजोल अर्को नयाँ फिल्ममा जोडिएकी छन् । यो फिल्म मार्फत उनी पहिलो पटक हरर जनरामा काम गर्दैछिन् ।

रिपोर्टका अनुसार फिल्मको नाम ‘मां’ हो । फिल्म ‘छोरी’का निर्देशक विशाल फुरियाले निर्देशन गर्न लागेका हुन् । फिल्म अजय देवगनको ब्यानरमा बन्न लागेको हो ।

फिल्मको कथा एक आमा वरिपरि घुम्नेछ । तर निर्माण युनिटले यस बिषयमा धेरै जानकारी सार्वजनिक गरेको छैन । फिल्म २०२४ भित्र फ्लोरमा जानेछ ।

काजोलले अहिलेसम्म हरर जनराको फिल्म अभिनय गरेकी छैनन् । त्यसैले उनको यो पहिलो हरर फिल्म हुनेछ । फिल्मका लागि काजोल पनि एक्साइटेट रहेको बताइन्छ ।

यो फिल्मको अलवा काजोलका साथमा केही अन्य प्रोजेट पनि छन् । उनी अहिले मलयालम सुपरस्टार पृथ्वीराज सुकुमारनसँग एक नयाँ प्रोजेटमा काम गरिरहेकी छन् । यसको अलवा करज जौहरको फिल्म ‘सरजमीन’मा पनि काम गर्नेछिन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : २८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका