सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : शेखर कोइराला | Khabarhub Khabarhub

सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : शेखर कोइराला


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले पार्टी अहिले पनि बलियो अवस्थामा रहेको भन्दै आन्तरिक घात गर्नेबाट पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै काइरालाले सङ्गठन चुस्त बनाएर लगे कांग्रेसलाई कसैले हराउन नसक्ने बताए

वरिष्ठ नेता कोइरालाले भने, ‘आफ्नै छायासँग डर लाग्छ । आफ्नै साथीसँग सुरक्षित हुन चुनौती छ ।’ उहाँले पार्टीलाई सुधार गरेर अघि बढाउनलाई पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिबीच सहकार्य हुन आवश्यक रहेको सुझाव दिए ।

कोइरालाले देशको समस्या समाधानका लागि अहिलेको सरकारको विकल्प आवश्यक रहेको बताए। कांग्रेस आफैं सक्षम हुँदाहुँदै अरुलाई नेतृत्व गर्न दिनु नै भुल भएको उनको भनाइ छ । नेकपा माओवादी नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै उनले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।

उनले भने‘सरकारसँग जनता निराश छन्, जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ। जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन, जनताले दुःख मात्रै पाउँछन्।’

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : ५२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका