महिलाहरु आफ्नो सौन्दर्यप्रति कति धेरै ध्यान दिन्छन् ? | Khabarhub Khabarhub

महिलाहरु आफ्नो सौन्दर्यप्रति कति धेरै ध्यान दिन्छन् ?



काठमाडौँ – महिला र सौन्दर्य एक अर्काका परिपुरक हुन्। चाहे त्यो प्राकृतिक रुपले, मनोवैज्ञानिक रुपले वा हार्मोनको कारण नै किन नहोस्। त्यसैले जहाँ महिला हुन्छन्, त्यहाँ सौन्दर्यको कुरा स्वभाविक रुपले हुने गर्छन्।

सुन्दरता प्रकृतिसँग जोडिएको विषय हो। सौन्दर्यसंग जोडिएकै कारण प्रकृति शव्दलाई नै स्त्री लिङ्गिए शव्दको रुपमा लिने गरेका छौं। प्रकृतिले जसरी विविधखाले सौन्दर्य प्रदान गरेको हुन्छ।

महिलाले पनि आफ्नो सौन्दर्यलाई त्यसैगरी विविधतामा पस्कन खोज्दछ। त्यसैले महिलाले सौन्दर्यको बारेमा राख्ने चासो प्राकृतिक देन पनि हो।

सौन्दर्य प्रति सबैभन्दा लालयित हुने महिलाको उमेर ‘टिन एज’ हो। त्यसबेला उनीहरुले आफ्नो फिगरलाई कसरी आकर्षक बनाउने ? कसरी आफूलाई अरु भन्दा सेक्सी देखाउने ? कुन लुगा लगाउने ? कस्तो रङको लुगाले आफूलाई चिटिक्क देखाउछ रु आफ्नो अनुहारमा के के लगाउने, हेयर स्टाइल कस्तो बनाउने जुत्ता सेन्डील कस्तो लगाउने ? भन्ने बारेमा निकै सोच्ने गर्छन्। त्यसैले सो उमेरका केटीहरु आफ्नो सौन्दर्यप्रति सधै सोचमग्न हुने गर्छन्।

वैज्ञानिकहरुले टिन एजमा विकास हुने एक खालको हर्मोनको कारण केटीहरुमा सौन्दर्य प्रति चासो बढने गरेको बताएका छन्। सौन्दर्यमात्रै होइन त्यससंग सम्वन्धीत सपिङ गर्न पनि टिन एज नै अगाडी हुन्छ।

बरु खाने कुरा चाहिदैन्, टिनएजका केटीहरुले सो पैसाले आफ्नो सौन्दर्य बढाउने सामानको खरीद गर्न चाहन्छन्। त्यसैले टिनएजलाई ‘सपिङ मेनिया’ पनि भन्ने गर्छौ’। टिनएज यस्तो एज हो, अरुले राम्रो मानुस या नमानुस अरुको नजरमा आकर्षित बन्नका लागि उनीहरुले मन लाएको फेसन गर्न चाहन्छन्।

टिनएज मात्रै होइन, बच्चा देखी नै केटीहरु सौन्दर्य प्रति बढी चासो दिने गर्छन्। टुकुन टुकुन हिडन थाले देखी नै आफ्नो आमाका श्रीङ्कारका समानहरु खोज्ने चलाउने र प्रयोग गर्ने स्वभावका हुन्छन्। अधिकांश नेपाली महिलाले रातो रङको कपडाहरु मन पराउने गरेको पाइन्छ।

संस्कृतिले सौन्दर्यमा प्रेरित गर्छ

शहरमा मात्रै होइन हामी कहाँ ग्रामिण क्षेत्रकै महिला भएपनि पूजा पाठ चाड पर्वमा महिलाहरु विशेष रुपमा राम्री बन्नुपर्छ। जे जस्तो श्रीङ्गारका सामग्री छन् ती सबै प्रयोग गर्नुपर्छ। त्यसो गरिएन भने कस्तो महिला रहेछ भन्ने चलन छ।

त्यतिमात्रै होइन ग्रामिण क्षेत्रमा चाडपर्वका बेलामा गरगहना सिंगारपटारमा ध्यान दिइएन भने आफ्नो दौतरी संगी साथी मात्रै होइन घरकै आफ्नो श्रीमान सासू ससुराले समेत मन नपराउने गरेको तितो यतार्थ छ।

विशेष गरी हिन्दु सस्कृतिमा चाडबाड मेला पर्व तथा खुशीयालीका बेला, मन्दिर तथा पुजापाठका बेलामा महिलाहरु विशेष रुपमा सिंगारिएको देखिन्छ। यो हाम्रो संस्कृतिले उव्जाएको एउटा रुप हो।

एसियाली राष्ट्रका महिलाहरु सौन्दर्यमा बढी चासो दिन्छन्

सौन्दर्यप्रति चासो राख्नु महिलाहरुको प्राकृतिक गुण हो। त्यसैले संसारभरका महिलाहरुले सौन्दर्यलाई विशेष रुपमा चासो दिन्छन्। तर अनुसन्धानले श्रृङ्गारपटारमा विशेष रुपमा ध्यानदिने महिलाहरु एसियाली मुलुकका बढी हुने गरेको देखाएको छ।

त्यसमा पनि सबैभन्दा बढी दक्षिण एसियाली राष्ट्रका भारत, पाकिस्तान र नेपालमा महिलाहरुले बढी चासो दिने गरेका पाइन्छ। यी देशका महिलाहरुले बढी गरगहानाहरुमा लगाउने गर्छन।

धार्मिक, सास्कृतिक र भौगोलिक चलनले पनि यस क्षेत्रका महिलाहरु बढी सौन्दर्यका सोखिन हुने गरेको देखिएको छ। पाकिस्तानी महिलाहरु बुर्काले मुख छोपेर हिडने गर्छन तर त्यहाँको सौन्दर्य ‘सेनास कस्मेटिक’ भनेपछि संसारभर प्रख्यात छ।

उनीहरु बुर्काले शरीरका सबै भाग छोपेपनि गरगहना तथा सौन्दर्य सामग्रीको भरपुर प्रयोग गर्छन। उनीहरुले आत्मसन्तुष्टिका लागि सो गर्ने गरेको बताउने गरेका छन्।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ९ : ५९ बजे

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर