इसा अवार्ड पाएकोमा डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई « Khabarhub

इसा अवार्ड पाएकोमा डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्डका लागि छनौट भएकोमा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई बधाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत डा. रुइतको मानव कल्याणको क्षेत्रको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन्। ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

वरिष्ठ नेत्र चिकित्सक डा. रुइतले मंगलबार बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कारको पाँचौँ संस्करण पाउने घोषणा गरिएको थियो। सो पुरस्कार
१० लाख अमेरिकी डलर अर्थात् १३ अर्ब नेपाली रुपैयाँ बराबरको छ।

यसअघि रुइत सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार र सन् २०१८ मा भारत सरकारको पद्मश्री सम्मानबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : १७ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई