शासकीय सुधार कार्ययोजना तर्जुमा गर्ने सुदूरपश्चिम सरकारको निर्णय « Khabarhub

शासकीय सुधार कार्ययोजना तर्जुमा गर्ने सुदूरपश्चिम सरकारको निर्णय


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नवगठित सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश सरकार शासकीय सुधार कार्ययोजना २०७९’ तर्जुमा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सचिव सदस्य रहने कार्यदल गठन गरी कार्यादेश दिने निर्णय गरिएको मन्त्रिपरिषद्को प्रवक्ताको जिम्मेवारी पाएका विना विभागीयमन्त्री खगराज भट्टले जानकारी दिए ।

बैठकले स्थानीय तहको सेवा गठन, सञ्चालन र सेवा, शर्त निर्धारण गर्न कानुन तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, प्रदेशको सुशासन प्रवर्द्धन गर्न प्रदेश सदाचार नीति एवं मापदण्ड तर्जुमा गर्न मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

सो कार्यदलले ३० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिने र प्रदेशबाट प्रवाह भइरहेको सेवालाई जनमुखी, झन्झटरहित र गुणस्तरीय तुल्याउन तत्काल गर्नुपर्ने सुधारका उपाय पहिचान गरी कार्यान्वयन गर्न सबै मन्त्रालय-निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । यस्तै बैठकले आम नागरिकलाई प्रदान गर्न सकिने विद्युत् महशुलमा छुटलगायतका सुविधा प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव पेस गर्न भौतिक पूर्वाधार विकास र आर्थिक मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले मन्त्रिपरिषद्मा भट्ट र सन्तोषकुमारी शर्मा(थापा)लाई केही दिनअघि विना विभागीय मन्त्रीका रुपमा नियुक्त गरेका थिए । मन्त्रिपरिषद्ले पूर्णता पाउन बाँकी छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १ : ५० बजे

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध