‘पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?’ « Khabarhub

‘पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?’


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त  राउत (सिके राउत) ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । 

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन ?’ 

गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  २ : ०० बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ