खाद्य सुरक्षा र कृषि आय बढाउन निर्वाध बजार पहुँच « Khabarhub

खाद्य सुरक्षा र कृषि आय बढाउन निर्वाध बजार पहुँच


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज यहाँ आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले संयुक्तरूपमा आयोजना गरेको उक्त सम्मेलनमा महासङ्घ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा यस क्षेत्रका मुलुकबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायतका समस्या रहने गरेको छ ।

अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए । श्रीलङ्काका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सीमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए।

उनले कृषि क्षेत्रको निर्यात लागत निकै महँगो भएको र यहाँका धेरै देशहरूले खुद कृषिजन्य वस्तु आयात गरेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एसियाले संयुक्तरूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास मन्त्री फर्नान्डोले व्यक्त गरे ।

दुबई मल्टी कमोडिटिज सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेनलगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उनले बताए ।

सम्मेलनमा उद्योग सचिव डा तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताए । लगानी बढ्दा निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले साफ्टाअन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरू घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए । उनले दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने बताए। सम्मेलनमा १२ देशका करिब चार सय सहभागी छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : ०३ बजे

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै