चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला « Khabarhub

चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण तथा नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करिब सय मिटर तल फेला पारेको हो । तीन दिनपछि फेला पारिएको उनको शवलाई आजै सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।

यही माघ २ गते बा५च ५६५४ नंको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ दक्षिणकाली नगरपालिका-१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए । उक्त दुर्घटनामा अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : ५१ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको