चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला | Khabarhub Khabarhub

चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण तथा नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करिब सय मिटर तल फेला पारेको हो । तीन दिनपछि फेला पारिएको उनको शवलाई आजै सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।

यही माघ २ गते बा५च ५६५४ नंको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ दक्षिणकाली नगरपालिका-१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए । उक्त दुर्घटनामा अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : ५१ बजे

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी

सजाइयो शक्ति पीठहरू (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको महान् चाड बडा दशैँको आगमनसँगै शक्ति पीठहरू झिलिमिली

सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन्