बेमौसममा पनि खुम्बुमा पर्यटक « Khabarhub

बेमौसममा पनि खुम्बुमा पर्यटक


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – बेमौसममा पनि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक भित्रिएका छन् । विगत तीन दिनको अवधिमा ९५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कानुसार माघ १ देखि ३ गतेसम्ममा ९५ पर्यटक खुम्बु प्रवेश गरेका हुन् ।

तीन दिनको अवधिमा विदेशी नागरिक ६८, सार्क राष्ट्रका तीन, नेपाली दुई, भरिया १८ र चार जना पथप्रदर्शक खुम्बु भित्रिएको निकुञ्का प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताए । उनीहरूबाट रु दुई लाख १५ हजार १५० राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

बेमौसम र चिसोका कारण यतिबेला खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जिल्ला बाहिर छन् । यस वर्ष हिउँ नपरेका कारण मौसम सफा भएकाले पनि केही पर्यटक बेमौसममा पनि खुम्बु भ्रमणमा आउने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । हिउँ नपरेका कारण यस वर्ष पदमार्ग पुरिने र चिप्लने समस्या नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ८ : १९ बजे

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

गबरोन- अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरपूर्वी भागमा सडक दुर्घटना हुँदा २२

कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौं– विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले

पाकिस्तानद्वारा थप २ सय भारतीय माझी रिहा

काठमाडौँ- पाकिस्तानले आज थप दुई सय भारतीय माझीलाई रिहा गरेको

चीन भ्रमण निकै फलदायी : अग्नि सापकोटा

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले