बेमौसममा पनि खुम्बुमा पर्यटक « Khabarhub

बेमौसममा पनि खुम्बुमा पर्यटक


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – बेमौसममा पनि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक भित्रिएका छन् । विगत तीन दिनको अवधिमा ९५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कानुसार माघ १ देखि ३ गतेसम्ममा ९५ पर्यटक खुम्बु प्रवेश गरेका हुन् ।

तीन दिनको अवधिमा विदेशी नागरिक ६८, सार्क राष्ट्रका तीन, नेपाली दुई, भरिया १८ र चार जना पथप्रदर्शक खुम्बु भित्रिएको निकुञ्का प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताए । उनीहरूबाट रु दुई लाख १५ हजार १५० राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

बेमौसम र चिसोका कारण यतिबेला खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जिल्ला बाहिर छन् । यस वर्ष हिउँ नपरेका कारण मौसम सफा भएकाले पनि केही पर्यटक बेमौसममा पनि खुम्बु भ्रमणमा आउने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । हिउँ नपरेका कारण यस वर्ष पदमार्ग पुरिने र चिप्लने समस्या नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ८ : १९ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ