पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा « Khabarhub

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आज हेटौँडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको बताए ।

प्रदेश प्रमुख देवकोटाले आलोचना लोकतन्त्रको सुन्दर पक्ष भए पनि त्यो तथ्यमा आधारित, रचनात्मक र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

डिजिटल प्रविधिको विकाससँगै गलत सूचना, भ्रामक समाचार र सामाजिक सञ्जालको दुरुपयोगका चुनौती बढेकाले पत्रकारितामा व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्व अझ महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

उनले पत्रकारिताको स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारसम्बद्ध संस्थाहरूलाई श्रमजीवी पत्रकारको हकहित संरक्षण र व्यावसायिक पत्रकारिताको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रममा दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  १२ : ३६ बजे

न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

 काठमाडौँ  – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् ।

 पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

काठमाडौँ– नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

नयाँदिल्ली– भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि