जुम्ली किसानलाई स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ « Khabarhub

जुम्ली किसानलाई स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ भएको छ । हिउँदे समयमा स्याउ बगैँचा व्यवस्थापन गर्न लागिपरेको तिला गाउँपालिका–१ का टोपबहादुर बुढाले बताए ।

स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा तिलाका स्थानीयवासी जुटेका छन् । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले स्याउ बगैँचा व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । यहाँका आठवटै स्थानीय तहमा बगैँचा व्यवस्थापन कार्यका साथै नयाँ बिरूवा लगाउने समय भएको यहाँका स्याउ किसान बताउँछन् ।

किसान यतिखेर खेतबारीको बगैँचामा स्याउ कटिङमा लागिपरेका छन् । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा किसानले बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए ।

स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने कार्यालय प्रमुख शाहीले बताए । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए

कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुकिराम नेपालीको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन् । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷०७९ मा छ हजार एक सय ७० मेट्रिक टन स्याउ जुम्लामा उत्पादन भएको छ ।

सिञ्जाद्वारा प्रविधिक कर्मचारीलाई ३५ प्रतिशत थप सुविधा

जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका कार्यरत इञ्जीनियरतर्फका प्रविधिक कर्मचारीलाई आन्तरिक स्रोतबाट थप ३५ प्रतिशत सेवा सुविधा (सहुलियत भत्ता) दिने भएको छ । नेपाल सरकाको प्रचलित तलब स्केलअनुसार स्थायी तथा अस्थायी प्राविधिक कर्मचारीको सेवा सुविधामाथि गाउँपालिकाले थप ३५ प्रतिशत दिने निर्णय गाउँ कार्यापालिकाबाट पारित भई कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

प्रशासन र अन्य शाखामा कार्यरत कर्मचारीलाई यस्तो व्यवस्था गरिएको छैन । विशेषगरी प्राविधिक कर्मचारीको कार्यालयमा थप काम हुनेदेखि फिल्डमै काम गर्ने भएकाले प्राविधिक कर्मचारीलाई पालिकाको आन्तरिक स्रोतबाट थप सेवा सुविधाको व्यवस्था गरिएको अध्यक्ष धितालको भनाइ छ ।

प्राविधिक कर्मचारीको समस्या र उनीहरूको मागअनुसार पालिकाले उक्त व्यवस्था लागू गरेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । पालिकाको आन्तरिक स्रोत जुटाउनका लागि बालुवा गिट्टीको बोलपत्र भई काम सञ्चलानमा आएको छ । यो आर्थिक वर्षमा आन्तरिक राजस्व रु एक करोड ६० लाख उठाउने लक्ष्य पालिकाले लिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : ४० बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको