जुम्ली किसानलाई स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ | Khabarhub Khabarhub

जुम्ली किसानलाई स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ भएको छ । हिउँदे समयमा स्याउ बगैँचा व्यवस्थापन गर्न लागिपरेको तिला गाउँपालिका–१ का टोपबहादुर बुढाले बताए ।

स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा तिलाका स्थानीयवासी जुटेका छन् । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले स्याउ बगैँचा व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । यहाँका आठवटै स्थानीय तहमा बगैँचा व्यवस्थापन कार्यका साथै नयाँ बिरूवा लगाउने समय भएको यहाँका स्याउ किसान बताउँछन् ।

किसान यतिखेर खेतबारीको बगैँचामा स्याउ कटिङमा लागिपरेका छन् । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा किसानले बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए ।

स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने कार्यालय प्रमुख शाहीले बताए । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए

कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुकिराम नेपालीको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन् । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷०७९ मा छ हजार एक सय ७० मेट्रिक टन स्याउ जुम्लामा उत्पादन भएको छ ।

सिञ्जाद्वारा प्रविधिक कर्मचारीलाई ३५ प्रतिशत थप सुविधा

जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका कार्यरत इञ्जीनियरतर्फका प्रविधिक कर्मचारीलाई आन्तरिक स्रोतबाट थप ३५ प्रतिशत सेवा सुविधा (सहुलियत भत्ता) दिने भएको छ । नेपाल सरकाको प्रचलित तलब स्केलअनुसार स्थायी तथा अस्थायी प्राविधिक कर्मचारीको सेवा सुविधामाथि गाउँपालिकाले थप ३५ प्रतिशत दिने निर्णय गाउँ कार्यापालिकाबाट पारित भई कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

प्रशासन र अन्य शाखामा कार्यरत कर्मचारीलाई यस्तो व्यवस्था गरिएको छैन । विशेषगरी प्राविधिक कर्मचारीको कार्यालयमा थप काम हुनेदेखि फिल्डमै काम गर्ने भएकाले प्राविधिक कर्मचारीलाई पालिकाको आन्तरिक स्रोतबाट थप सेवा सुविधाको व्यवस्था गरिएको अध्यक्ष धितालको भनाइ छ ।

प्राविधिक कर्मचारीको समस्या र उनीहरूको मागअनुसार पालिकाले उक्त व्यवस्था लागू गरेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । पालिकाको आन्तरिक स्रोत जुटाउनका लागि बालुवा गिट्टीको बोलपत्र भई काम सञ्चलानमा आएको छ । यो आर्थिक वर्षमा आन्तरिक राजस्व रु एक करोड ६० लाख उठाउने लक्ष्य पालिकाले लिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : ४० बजे

घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या भएको खुल्यो, अनुसन्धान हुँदै

प्युठान- प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर– जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण

वैज्ञानिकले भने- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुनसक्छ 

काठमाडौं– वैज्ञानिकहरूले पृथ्वीको भित्री कोरको आकार विगत २० वर्षमा परिवर्तन

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको