तीन करोड ठगीको आरोप « Khabarhub

तीन करोड ठगीको आरोप


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ : मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै रु दुई करोड ८७ लाख ठगी गरेको आरोप लगाउँदै पीडितहरुले कारवाहीको माग गरेका छन् ।

मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकामा बसोबास गर्ने ३७ पीडितले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा सुनवर्षि नगरपालिका–६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न वैंकमार्फत उक्त रकम लिएर फरार भएको पीडितको आरोप छ ।

पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाइ रु १८ लाख बैंकमा नगद जम्मा गर्न लगाइ ठगी गरेको दाबी गरे । यसैगरी सुनवर्षी नगरपालिका–६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाई मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत १९ लाख भुक्तानी दिएको भौचर देखाए ।

पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा आफ्नो घर जग्गा धितोमा राखी रकम उठाइ आरोपीलाई दिएको बताए । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलब्ध गराउन माग गरेका छन् । आरोपी फरार रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ११ : ०९ बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको