तीन करोड ठगीको आरोप | Khabarhub Khabarhub

तीन करोड ठगीको आरोप


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ : मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै रु दुई करोड ८७ लाख ठगी गरेको आरोप लगाउँदै पीडितहरुले कारवाहीको माग गरेका छन् ।

मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकामा बसोबास गर्ने ३७ पीडितले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा सुनवर्षि नगरपालिका–६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न वैंकमार्फत उक्त रकम लिएर फरार भएको पीडितको आरोप छ ।

पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाइ रु १८ लाख बैंकमा नगद जम्मा गर्न लगाइ ठगी गरेको दाबी गरे । यसैगरी सुनवर्षी नगरपालिका–६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाई मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत १९ लाख भुक्तानी दिएको भौचर देखाए ।

पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा आफ्नो घर जग्गा धितोमा राखी रकम उठाइ आरोपीलाई दिएको बताए । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलब्ध गराउन माग गरेका छन् । आरोपी फरार रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ११ : ०९ बजे

कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागारमा सेनाको मोर्चा (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएसँदै

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक