निर्वाचन आयोगले आज ७औँ निर्वाचन दिवस मनाउँदै  « Khabarhub

 निर्वाचन आयोगले आज ७औँ निर्वाचन दिवस मनाउँदै 


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  निर्वाचन आयोगले आज ७औँ निर्वाचन आयोग दिवस मनाउँदै छ ।

आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ आज निर्वाचन दिवस मनाउन लागेको हो ।

२०७३ सालदेखि ७ फागुनदेखि निर्वाचन दिवसको रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा आयोगले यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

आयोगले नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तर्संवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।

यसैगरी आयोगको कान्तिपथस्थित परिसरमा आज हुने समारोहमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारी ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनेछन् ।

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाइँदै आइएको छ। आयोगका लागि यो वर्ष भने निर्वाचन वर्षका रूपमा व्यतीत भएको छ । गत वैशाख ३० गते स्थानीय तह तथा मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

नेपालको संविधानले आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्वको विषयमा जनमत सङ्ग्रह गराउने समेत जिम्मेवारी तोकेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ३९ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र