नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुँदै « Khabarhub

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुँदै


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

ट्याक्टर आगजनीको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि रिहा हुन लागेका हुन् ।

उनको रिहाइका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी पक्रिया सुरु गरेको छ । तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाइ आजै हुने कि भोलि भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन। यद्यपि, पार्टीका कार्यकर्ता भने जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन्।

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । एक दशक अगाडीको सो मुद्दामा छ महिना कैद भुक्तान नगरेको भन्दै प्रहरीले गत १९ माघमा पक्रेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : ०२ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय