‘प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता जरुरी’ « Khabarhub

‘प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता जरुरी’


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताएका छन्।

७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताले मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको बताएका हुन्।

त्यसअवसरमा प्रभातफेरी आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेश मूल समारोह समितिको आयोजनामा धनगढी ट्राफिकचोकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीमा मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामती कर्मचारी, सुरक्षा निकाय प्रमुख, सङ्घसंस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ४२ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।