‘प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता जरुरी’ « Khabarhub

‘प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता जरुरी’


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताएका छन्।

७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताले मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको बताएका हुन्।

त्यसअवसरमा प्रभातफेरी आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेश मूल समारोह समितिको आयोजनामा धनगढी ट्राफिकचोकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीमा मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामती कर्मचारी, सुरक्षा निकाय प्रमुख, सङ्घसंस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ४२ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी