राज्य शक्तिको स्रोत जनता– मुख्यमन्त्री कार्की « Khabarhub

राज्य शक्तिको स्रोत जनता– मुख्यमन्त्री कार्की


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र भएको बताएका छन् । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने जनाउँदै जनताको सङ्घर्ष तथा वीर वीरा¬ङ्गना सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको बताए । उनले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षको मार्गदर्शन स्वरुप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था अङ्गीकार गरेको छ भन्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने हाम्रो लक्ष्य छ भने ।

मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्छ, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दयित्व हुन् ।”

मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् शुभकामना पनि दिएका हुन् ।

उनले प्रजातन्त्र दिवसका शुभअवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । मुख्यमन्त्री कार्कीले सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तिहरूप्रति सम्मान पनि प्रकट गरेका छन् ।

कार्यक्रम प्रारम्भ हुनु आगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं १ विराटनगर कार्यालयबाट निस्किएको प्रभातफेरीमा विभिन्न मन्त्रालयका मन्त्री, प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी सम्मिलित जुलुसले नगरको परिक्रमा गरी पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ४७ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली