फालेलुङ गाउँपालिकाको केन्द्रको नाम फेरियो « Khabarhub

फालेलुङ गाउँपालिकाको केन्द्रको नाम फेरियो


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम परिवर्तन गरिएको छ।

गाउँ कार्यपालिकाको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै थकेपुङ कायम गर्ने  निर्णय गरेको हो।

नाम परिवर्तन गर्ने निर्णय भएसँगै गाउँपालिकाले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी अबोप्रान्त फालेलुङ गाउँपालिका केन्द्र रहेको स्थानलाई थकेपुङमा परिवर्तन गरेको जानकारीसमेत गराइसकेको छ।

गाउँ कार्यपालिकाको गत २२ माघमा बसेको बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेपछि राजपत्रमा पकाशित गरिएको प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले जानकारी दिएका छन्।

गाउँपालिका केन्द्र रहेको स्थानलाई परापूर्वकालदेखि थकेपुङ भनिँदै आएकोमा अपभ्रंश गरी थोक्लिम्बा भनिन थालेकोमा विरोध हुदैँ आएको थियो।

राजपत्रमा सूचना प्रकाशन भएसँगै अब उक्त स्थानलाई गाउँपालिका छापमा ‘फालेलुङ गाउँपालिका’को कार्यालय थकेपुङ पाँचथर’ भनेर उल्लेख गरिनेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ११ : ०७ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म