भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा « Khabarhub

भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन् । चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि सामानको विवरण तयार गरेर उधारोमा भन्सार महसुल राख्नु परेको हो ।

चीनले यारी नाका एकतर्फी खुलाएको छ । कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल काटे पनि रुपैयाँ असुल गर्न नसकेको बताएका छन् । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडौं रहेको कारण सो भन्सार महसुल असुल गर्न उनी काठमाडौं पुगेका छन् ।

सबै व्यापारीसँग उनको काठमाडौंमा सम्पर्कसमेत भइसकेको छ। चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेको र त्यसका एक लाख ८० हजार मात्र असुल भएको थियो भने ८ लाख २० हजार रुपैयाँ असुल गर्न बाँकी छ। भन्सार दस्तुर असुल भएको सामानमा खाद्यान्न र लत्ताकपडाको मात्र छ ।

असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको छ । अब काठमाडौंमै असुल गरेर नगद जम्मा गरिने भएको छ । पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो ।

जसमध्ये ३४ गाडीमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो । हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ४० बजे

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपदबाट चार दिनमा १५

गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण