पोखरा बस दुर्घटना : घाईतेको संख्या ५१ पुग्यो (अपडेट) | Khabarhub Khabarhub

पोखरा बस दुर्घटना : घाईतेको संख्या ५१ पुग्यो (अपडेट)


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।

घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालहरूले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

घाइतेमध्ये दुईरदुई जनाको फिस्टेल अस्पताल र मेट्रोसिटी, तीन जनाको मेडिप्लस अस्पताल, पाँच जनाको गण्डकी मेडिकल कलेज अन्य बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । चिकित्सका अनुसार घाइतेहरूको हातखुट्टामा चोटपटक लागेको छ ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका विद्यार्थी सोमबार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक ९गाउन० लिएर फर्कँदै गरेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी र सर्वसाधारणको घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेका थिए । दुर्घटनामा परेको बसलाई दुईवटा क्रेनको सहायताले बाहिर ल्याइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ४३ बजे

उस्तै मुद्दामा एमालेका ऐनलाई छाडेको भोलिपल्ट रास्वपाका अरनिको हिरासततिर

काठमाडौँ– बुधबार दुईजना चर्चित नेताहरू पक्राउ परेर । पहिलो थिए

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

मलेखु– कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक