मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु | Khabarhub Khabarhub

मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गरेका छन् ।

मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलको माध्यमबाट खेलाडीको प्रवर्द्धनसँगै मुलुकको विकासमा योगदान पुग्ने बताए ।

उनले १८ वर्षपछि मेची रङ्गशालामा भएको यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितासँगै भद्रपुर क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण भूमिका रहने बताए। मन्त्री लिङ्देनले खेल सम्पन्न गर्न र यसलाई बर्सेनि निरन्तरता दिन आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले विभिन्न खेलका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पुगेका झापाली खेलाडीका कारण गौरव महसुस भइरहेको बताए । उनले सरकारसँग खेलाडीलाई खेल खेलेरै बाँध्न सक्ने आधार तयार गरिदिन समेत आग्रह गरे ।

आजदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ । पहिलो संस्करणको मुस्ताङ भद्रपुर–झापा गोल्डकप प्रतियोगिताको विजेता टिमलाई नगद रु १३ लाख र उपविजेता टिमलाई नगद रु सात लाख पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार दिइने भएको छ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, सङ्कटा क्लबलगायत नेपालका ए डिभिजन क्लबहरू र भारत, भूटान र बङ्गलादेशका तीन विदेशी क्लबसहित १० वटा क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ५४ बजे

उस्तै मुद्दामा एमालेका ऐनलाई छाडेको भोलिपल्ट रास्वपाका अरनिको हिरासततिर

काठमाडौँ– बुधबार दुईजना चर्चित नेताहरू पक्राउ परेर । पहिलो थिए

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

मलेखु– कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक