राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रचण्डलाई देउवाको आग्रह | Khabarhub Khabarhub

राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रचण्डलाई देउवाको आग्रह


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भएको छ ।

कांग्रेस नेताहरुले प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थिए । जवाफमा प्रचण्डले पार्टी भित्र छलफल गरेर निर्णय गर्ने बताएको उनी निकट स्रोतले जनाएको छ ।

भेटवार्तामा देउवासहित कांग्रेस नेताहरु रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका शीर्ष नेताहरु सहभागी थिए । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ। बैठक बस्नुअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ५७ बजे

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन