आज २०७९ साल चैत ५ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल चैत ५ गते आइतबारको राशिफल


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल चैत ५ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ तपाईंको आजको फलादेश :

मेष : दिन राम्रो छ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।

वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट : पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।

तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।

वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर : झुटा आरोप लाग्न सक्छन्। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्ने सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन : दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : १४ बजे

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

फिक्कल– इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित

काभ्रेमा सुरु भयो नमोबुद्ध जात्रा : पितृको सम्झनामा ‘दीप प्रज्वलन’

काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बुधबार नमोबुद्ध

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भीरमा आज बिहान टिपर दुर्घटना

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’

एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा