गायक हिमाल श्रेष्ठको ‘परेलीले’ मा सृजना र विकास (भिडियो) « Khabarhub

गायक हिमाल श्रेष्ठको ‘परेलीले’ मा सृजना र विकास (भिडियो)


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ । बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमाल स्वयंको मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् । 

आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा मोडल विकास चौहान र सृजना कार्कीको अभिनय रहेको छ । सिक्किमकी ख्यातीप्राप्त टिकटक स्टार, सिक्किम गर्ल सृजना र अमेरिकामा बस्दै आएका मोडल विकासको अनस्क्रिन रोमान्सलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

 ‘क’ बाट कछुवा ख खरायो, सानीले, लगायतका गीतहरू बजारमा ल्याइसकेका गायक हिमालको ‘देउराली पाखैमा’ बोलको गीतको भिडियो बजारमा आउने क्रममा रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १२ : ३८ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी