भारतको पञ्जाबमा खलिस्तान राज्यको माग गर्दै जुलुस निकाल्ने पृथकतावादी नेताको खोजी जारी « Khabarhub

भारतको पञ्जाबमा खलिस्तान राज्यको माग गर्दै जुलुस निकाल्ने पृथकतावादी नेताको खोजी जारी


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पृथक मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गर्ने एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ ।

मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् । यद्यपि छुट्टै ‘खलिस्तान’ राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् ।

गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो ।

पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् ।

सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ३ : ०५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही