पार्टी बलियो बनाउन सुदृढीकरण अभियान : नेतृ घर्ती « Khabarhub

पार्टी बलियो बनाउन सुदृढीकरण अभियान : नेतृ घर्ती


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बनेपा- नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताएकी छिन ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ काभ्रेपलान्चोक जिल्ला कमिटीको  छैठौंँ जिल्ला भेला तथा सम्मान कार्यक्रममा उनले पार्टी सङ्गठनलाई अभियानमार्फत सक्रिय बनाउने क्रममा रहेको बताइन् ।

उनले अभियानमार्फत सक्षम, स्वच्छ र इमानदार नेतृत्व स्थापित गर्दै जाने बताइन् । मालिक र मजदुरलाई छुट्टयाउन नसक्दा मजदुर आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्दै उनले मजदुर नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिइन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले मजदुरको बलमा प्राप्त भएको अधिकारलाई संस्थागत गर्नु जरुरी भएको बताइन् ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव प्रकाश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव पोख्रेललगायतले श्रम ऐन कार्यान्वयन गर्न र सामाजिक सुरक्षा कोषमा मजदुर वर्गलाई जोड्न सरकारसँग माग गरे । छैठौँं जिल्ला भेलाबाट राजन अधिकारीको नेतृत्वमा ३५ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : २० बजे

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी