दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । दुर्घटनामा उनकी श्रीमती सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा राजनको केहीबेरअघि ज्यान गएको प्रहरीले जनाएको छ ।

घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ३९ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध