जुङ्गे महादेवको मन्दिर पुनःनिर्माण « Khabarhub

जुङ्गे महादेवको मन्दिर पुनःनिर्माण


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

खजुरा – नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुनःनिर्माण गरिने भएको छ । उपमहानगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया सुरु भएको हो ।

जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको हो । नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको बताए ।

नयाँ संरचना निर्माण भए पनि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने छ । प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेशमार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनको भीड हुने र दुर्घटनाको जोखिम रहने गरेकामा नयाँ निर्माण भएपछि भक्तजनलाई सहजता हुने भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ४० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।