आईपीएलमा मुम्बईको लगातार तेस्रो जित « Khabarhub

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो जित निकालेको छ।

गए राति राजीवगान्धी क्रिकेट स्टेडियममा सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको हो ।

हैदरावादको भने यो दुई जित पछिको हार हो । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रिन ४० बलमा ६४ रन बनाउँदै अविजित रहे । अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच चुनिए ।

सनराइजर्स हैदरावादका लागि मार्को यानसेनले दुई विकेट लिए ।घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो । हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए ।

यो जितसँगै मुम्बई अंक तालिकाको छैटौं स्थानमा पुगेको छ भने हैदरावाद नवौ स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३२ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य