आईपीएलमा मुम्बईको लगातार तेस्रो जित « Khabarhub

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो जित निकालेको छ।

गए राति राजीवगान्धी क्रिकेट स्टेडियममा सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको हो ।

हैदरावादको भने यो दुई जित पछिको हार हो । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रिन ४० बलमा ६४ रन बनाउँदै अविजित रहे । अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच चुनिए ।

सनराइजर्स हैदरावादका लागि मार्को यानसेनले दुई विकेट लिए ।घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो । हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए ।

यो जितसँगै मुम्बई अंक तालिकाको छैटौं स्थानमा पुगेको छ भने हैदरावाद नवौ स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३२ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत