लमजुङका स्थानीय तहका २२ करोड बेरुजु    « Khabarhub

लमजुङका स्थानीय तहका २२ करोड बेरुजु   


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष २२ करोड ५ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/ ७९ मा लमजुङका ८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको ९ अर्ब ६४ करोड १२ लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव २८ प्रतिशत बेरुजु देखिएको हो ।

संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय गरी ६ शीर्षकको बजेटको लेखा परीक्षण गरिएको थियो ।

प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी राइनास नगरपालिकामा ४ दशमलव ११ प्रतिशत बेरुजु रहेको पाइएको छ । राइनासमा १ अर्ब ३९ करोड ३८ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो । सबैभन्दा कम प्रतिशतको आधारमा मर्स्याङ्दीमा ० दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ । मर्स्याङ्दी १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

क्व्होलासोंथार गाउँपालिकामा ७१ करोड ७४ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ६ प्रतिशत अर्थात् २ करोड १९ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

दोर्दी गाउँपालिकामा १ अर्ब २० करोड २३ लाख ९५ हजार बजेटको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात् ४ करोड ९ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

दूधपोखरी गाउँपालिकामा ७८ करोड २ लाख ९९ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ३३ प्रतिशत अर्थात् १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मध्य नेपाल नगरपालिकामा १ अर्ब ४५ करोड ५ लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ०४ प्रतिशत अर्थात् २ करोड ९५ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सुन्दरबजार नगरपालिकामा १ अर्ब ५१ करोड ४१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ८० लाख ५७ हजार रुपैयाँ अर्थात् १ दशमलव ८५ प्रतिशत बेरुजु देखिएको छ । बेंसीसहर नगरपालिकामा १ अर्ब ५४ करोड ३४ लाख ६० हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा १ करोड ६९ लाख ९७ हजार रुपैयाँ अर्थात् १ दशमलव १ प्रतिशत बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको थियो । कार्यान्वयनमा रहेको कूल ७ अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव ९५ प्रतिशत रकम बेरुजु देखिएको थियो । आव २०७६-०७७ मा लमजुङका ८ वटा स्थानीय तहमा ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ३ दशमलव ३५ प्रतिशत अर्थात् २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु निस्किएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ५९ बजे

आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान