लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने « Khabarhub

लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा गुरुङलाई सम्मान गर्ने भएको हो ।

प्रतिष्ठानको सोमबार बसेको बैठकले गुरुङलाई लोकसंगीत सम्मानसहित कम्तीमा ५० हजार रुपैयाँ राशिको पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले बताए। साथै गायिका गुरुङलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा उनले स्थापना गरेका हुन् ।

लमजुङको बेंसीसहर नगरपालिका ५, नाल्माका गायिका माया गुरुङ वि.सं. २०३० सालदेखि लोक गीतसंगीत प्रति अनवरत रुपमा लागि पर्दै आएकी छन् । गुरुङले गाएको ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिए फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो ।

लोककला क्षेत्रमा तीन दशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको संरक्षण र संवर्द्धनमा लागेको भन्दै उनलाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

२०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर प्रथम भएकी उनले ‘सैलुङ्गे डाँडा नाल्माको, माया सरर, खुर्पेटो डोकोले’लगायत एकल र युगल तथा सामूहिक गरी करिब २ सय गीत गाएकी छन् । उनले ११ वटा गीति एल्बम निकालिसकेकी छन्।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ४१ बजे

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

काठमाडौँ- शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले

रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले विवाह गरेकी

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत : आईएमएफ

कोलम्बो- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित

शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने

धनगढी– धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको

रैथाने बाली जगेर्ना गर्न अभियान सञ्चालन

धनगढी– बझाङको विकट क्षेत्रमा रहेको मष्टा गाउँपालिकाले रैथाने बाली जगेर्ना