लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने « Khabarhub

लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा गुरुङलाई सम्मान गर्ने भएको हो ।

प्रतिष्ठानको सोमबार बसेको बैठकले गुरुङलाई लोकसंगीत सम्मानसहित कम्तीमा ५० हजार रुपैयाँ राशिको पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले बताए। साथै गायिका गुरुङलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा उनले स्थापना गरेका हुन् ।

लमजुङको बेंसीसहर नगरपालिका ५, नाल्माका गायिका माया गुरुङ वि.सं. २०३० सालदेखि लोक गीतसंगीत प्रति अनवरत रुपमा लागि पर्दै आएकी छन् । गुरुङले गाएको ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिए फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो ।

लोककला क्षेत्रमा तीन दशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको संरक्षण र संवर्द्धनमा लागेको भन्दै उनलाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

२०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर प्रथम भएकी उनले ‘सैलुङ्गे डाँडा नाल्माको, माया सरर, खुर्पेटो डोकोले’लगायत एकल र युगल तथा सामूहिक गरी करिब २ सय गीत गाएकी छन् । उनले ११ वटा गीति एल्बम निकालिसकेकी छन्।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ४१ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका