मेयर शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा « Khabarhub

मेयर शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ। 

उक्त मुद्दाको सुनुवाइ बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको हो। यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो । 

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र विसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सोही रिटमा आज सुनवाई हुन लागेको हो।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : १६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी