प्रेमिका टिनाबाट अलग्गिए हनी सिंह « Khabarhub

प्रेमिका टिनाबाट अलग्गिए हनी सिंह


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतका लोकप्रिय र्‍यापर हनी सिंह र उनको प्रेमिका टिना थडानीबीच ब्रेकअप भएको छ ।

टिना पेशाले अभिनेत्री तथा मोडल हुन् । उनले कैयौँ प्रोजेक्टमा काम गरिसकेकी छन् । हनी र टिना एक वर्षयता प्रेममा थिए । हनी आफैँमा डिभोर्स भएका पुरुष हुन् । उनको पूर्व पत्नी शालिनी तलवारसँग डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ ।

हनी र टिनाले इन्स्टाग्राममा एक अर्कोलाई अनफलो गरेका छन् । उनीहरूले एक अर्काको सामाजिक सञ्जालमा रहेका दुवैको तस्बिर हटाइसकेका छन् । हनी र टिनाले गत वर्षको अप्रिलबाट डेट सुरु गरेका थिए । उनीहरूलाई नजिकबाट जान्नेका अनुसार दुवैको जीवन निकै फरक छ । उनीहरु एकापसमा समझदारीमा नआइरहेको बेला दुवैले सहमतिमा अलग्गिने निर्णय लिएका हुन् । अलग्गिएपछि उनीहरु काममै व्यस्त छन् ।

हालैको एक अन्तरवार्तामा हनीले ब्रेकअपको संकेत गरेका थिए । उनले नयाँ एल्बमको बारे कुरा गर्दै यो संकेत गरेका थिए । ‘मैले मेरो रोमान्टिक एल्बममा निकै परिवर्तन गर्नुपर्‍यो । किनकि म पहिला प्रेममा थिएँ, अहिले त्यो प्रेम मसँग रहेन’, हनीले भनेका थिए ।

हनीले सन् २०११ मा शालिनीसँग विवाह गरेका थिए । तर उनीहरूले गत वर्ष अलग्गिने निर्णय लिए । हनीले क्षतिपूर्तिस्वरुप शालिनीलाई एक करोड रुपैयाँ पनि दिनुपर्‍यो । तलवारले हनीमाथि घरेलु हिंसा र अर्की महिलासँग शारीरिक सम्बन्धको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ४८ बजे

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ