नौ महिनामा दुई खर्ब बराबरको लगानी प्रतिबद्धता  | Khabarhub Khabarhub

नौ महिनामा दुई खर्ब बराबरको लगानी प्रतिबद्धता 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नौ महिनामा करिब दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्यांकअनुसार दुई सय १६ उद्योगका लागि एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ ।

चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, नौ महिनामा दुई सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार चार सय ४६ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६४ करोड नौ लाख, भदौमा रु तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा एक अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा तीन अर्ब ६५ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तैगरी, मङ्सिरमा ८० करोड आठ लाख, पुसमा चार अर्ब ८५ करोड २० लाख, माघमा एक अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८-७९ को साउनमा पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा छ अर्ब ३२ करोड, असोजमा एघार अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा ९८ करोड, मङ्सिरमा पाँच अर्ब १५ करोड ५१ लाख, पुसमा ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा दुई अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो । विभागले नौ महिनामा रोयल्टीबापत दुई अर्ब ११ करोड ६ हजार छ सय ३४,  १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई सय ३५ विदेश लैजान सिफारिस गरेको हो ।

यस्तै, रोयल्टीबापत चैत महिनामा रु बीस करोड ६० लाख नौ हजार पाँच सय २६, ७३ हजार तीन सय १३ अमेरिकी डबर, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : ४० बजे

स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी

अर्थसंक्षेप : कोशी र गण्डकीका सहकारीबाट अर्बौँ बचत गायब, ओरालो यात्रामा नेप्से

काठमाडौं– कोशी र गण्डकीका दर्जनौं सहकारीले बचतकर्ताको अरबौं बचत अपचलन

विश्वकपको एसिया छनोटमा नेपालसंग थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित

सिङ्गारिँदै सिरहाका छठ घाट

सिरहा– छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी

सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए ८ सदस्यीय संयन्त्र

काठमाडौं- सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी